Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतले दियो नेपाललाई २२१ रनको लक्ष्य

काठमाडौं, चैत १४ । नेपालको यू १९ टिम विरुद्धको पाँचौं एकदिवसीय खेलमा भारतको आन्ध्र प्रदेश क्रिकेट टोलीले २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङ गरेको आन्ध्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनायो ।

उसका लागि रवि किरणले ४५, पी सुपरमन्युमले ३८, धरणी कुमारले ३७ र नितिश कुमारले २३, रन जोडे । बलिङमा नेपालका पवन सराफ, सूर्य तामाङले दुई–दुई, भीम सार्की, कमलसिंह ऐरी र प्रतिश जीसीले एक–एक विकेट लिए ।

आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो । नेपालले यसअघि आन्ध्र विरुद्धको ४ खेलमा ३ मा जीत र एक खेलमा मात्र हार बेहोरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: