१३ युवाले निकाले एकैपटक दुवै प्रहरीमा नाम !

काठमाडौं, चैत १४ । सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा क्रमशः सशस्त्र प्रहरी निरीक्षक र प्रहरी निरीक्षकका लागि लिइएको लिखित÷मौखिक खुला परीक्षामा १३ जना युवाले दुवैतर्फ नाम निकाल्न सफल भएका छन्।

सशस्त्र प्रहरीद्वारा लिइएको लिखित र मौखिक परीक्षा (अन्तर्वार्ता) मा १३ जना सफल भएका छन् भने नेपाल प्रहरीको लिखित परीक्षामा उत्तीर्ण भएका तिनै १३ जनाले मंगलबारदेखि मौखिक परीक्षा (अन्तर्वार्ता) दिइरहेका छन्।

याे पनि पढ्नुस  एसएसपी बढुवाको कानूनी बाटो खुल्यो, ३३ जना एसपी प्रतिस्पर्धामा

यीमध्ये एक÷एक जनाले आदिवासी÷जनजाति र दलितका साथै ११ जनाले खुला प्रतिस्पर्धामा नाम निकालेका हुन्। आदिवासी÷जनजातिबाट दीपेन्द्र श्रेष्ठ र दलितबाट देवीदत्त मोतेले नाम निकालेका हुन् । यसै गरी नाम निकाल्न सफल हुनेमा अनिल सुवेदी, अर्जुन पौडेल, जगन्नाथ मरासिनी, दर्शन खड्का, दीपक कुँवर, नीरबहादुर बानिया, प्रदीप पौडेल, यज्ञराज भट्ट, रवीन्द्र चन्द, सुवास खत्री र हरि बराल हुन् ।

याे पनि पढ्नुस  नेपाल प्रहरीबारे जान्नैपर्ने कुराहरु (परीक्षा तयारी र सामान्य जानकारीका लागि विशेष उपयोगी)

कमेन्ट गर्नुहोस्