काठमाडौं, चैत १४ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार बैंग्लोरमा साँझ ८ः१५ बजेदेखि शुरु हुँदैछ ।
यी दुवै टिम पहिलो जितको खोजीमा आज मैदान उत्रिएका छन् । पहिलो खेलमा बैंग्लोरले चेन्नई र मुम्बईले दिल्लीसँग हार बेहोरेको थियो ।
आजको खेलमा विराटको टिमले चेन्नई विरुद्ध खेलेको टोलीलाई नै मैदान उतारेको छ । यता, मुम्बईले भने २ खेलाडी परिवर्तन गरेको छ । उसले बेन कटिङ र रासिख सलामलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा मयंक मार्कडे र लसिथ मलिंगालाई मौका दिइएको छ । यस्तो छ दुवै टिम–
बैंग्लोरः विराट कोहली (कप्तान), पार्थिव पटेल (विकेटकीपर), मोईन अली, एबी डि विलियर्स, शिमरोन हेटमेयर, शिवम दूबे, कोलिन डी ग्रैंडहोम, नवदीप सैनी, युजवेद्र चहल, उमेश यादव र मोहम्मद सिराज ।
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), क्विन्टन डी कक (विकेटकीपर), सूर्यकुमार यादव, युवराज सिंह, कीरोण पोलार्ड, हार्दिक पांड्या, क्रुणाल पांड्या, मयंक मार्कंडे, मिशेल मैक्लेनाघन, लसिथ मलिंगा, र जसप्रीत बुमराह ।