Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भक्तपुरबाट विप्लवका २ नेता पक्राउ

भक्तपुर, चैत १४ । नेता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नगरकोट इञ्चार्ज चमार सिंह लामा पक्राउ परेका छन् । काभ्रे मण्डन देउपुर–३, नयाँगाउँ घर भई हाल नगरकोटमा रहेर राज्यविरुद्धका विभिन्न गतिविधि गरिरहेका ३४ वर्षीय लामालाई नगरकोटबाट प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

लामासँगको सोधपुछकै आधारमा प्रहरीले काठमाण्डौ घर बताउने र हाल भक्तपुरको सानोठिमी बस्दै विभिन्न गतिविधि गर्दै आएका विप्लवका अर्का कार्यकर्ता ३६ वर्षीय सविन विक ‘विरही’ भन्ने बुद्धराज सुनारलाई पक्राऊ गरेको छ ।

पक्राउ परेका दुवै जनालाई आजै भक्तपुर जिल्ला अदालतमा म्याद थप गरी राज्यविरुद्धको अभियोगमा मुद्धा चलाएर थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: