Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पाँच जिल्लाको सिडिओ हेरफेर, को कहाँ?

काठमाडौं, चैत १५ । पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । उपसचिवको दरबन्दी भएका ४ र सहसचिवको दरबन्दी भएको एक जिल्लामा सिडिओ फेरिएका हुन् ।  गृह मन्त्रालयका अनुसार लमजुङमा मन्त्रालयबाट डा. डिजन भट्टराईलाई पठाइएको छ ।

लमजुङका सिडिओ झंक ढकालको गृह मन्त्रालयमा सरुवा भएको छ । त्यस्तै खोटाङमा अध्यागमन विभागमा कार्यरत विष्णुहरी उपाध्याय, ओखलढुंगामा गणेश आचार्य र हुम्लामा ढोलकराज ढकाललाई सरुवा गरिएको छ । त्यस्तै सहसचिव यज्ञराज बोहरालाई कैलालीको सिडिओमा सरुवा गरिएको । उनी कर्णाली प्रदेशमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: