Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कैलालीमा रोकि राखेको हायसमा आगलागी

धनगढी, चैत १५ । कैलालीको अत्तरियामा यात्रुको प्रतीक्षामा रहेको एक गाडीमा आगलागी भएको छ । अत्तरियाबाट नेपालगञ्ज जानका लागि यात्रु खोजिरहेको गाडीमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिम्सिनाका अनुसार शुक्रबार बिहान गोदावरी नगरपालिकामा पर्ने अत्तरिया चोकमा रोकि राखेको बा ४ ख ५८६८ नम्बरको हायस गाडीमा आगलागी भएको हो ।

गाडीमा मालिक र चालक मात्र रहेका बेला तार सर्ट भए आगलागी भएको जानकारी आएको एसपी तिम्सिनाले बताए । आगलागीपछि गाडीमा भएका दुवैजना भागेर बचेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीकै अगाडी पूर्वरोडमा आगलागी भएकाले गोदावरी नगरपालिकाको दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । जलेर गाडी क्षतिग्रस्त भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: