आर्थिक समृद्धिसँग जोडेर सञ्चारमाध्यमले लेख्नुपर्छः सभामुख श्रेष्ठ

हेटौँडा, चैत १५ । गोरखापत्र संस्थानको आयोजनामा प्रदेश ३ मा कार्यरत जिल्ला समाचारदाताहरु र नयाँ नेपाल पृष्ठ संयोजकहरुका लागि प्रदेशस्तरिय पत्रकारिता प्रशिक्षण कार्यक्रम बिहीबारबाट हेटौँडामा सुरु भएको छ ।

प्रदेश नं.३ का प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त प्रशिक्षणको उद्घाटन गर्दै गोरखापत्रलाई सबै पत्रिकाको मियोको रुपमा लिन सक्नुपर्ने बताए । नयाँ सोच र बिचारका साथ गोरखापत्र अघि बढ्नुपर्ने बताउँदै उनले मिडियाले राज्य व्यवस्था परिवर्तनमा ठूलो भूमिका निर्बाह गरेको बतानुभयो । उहाँले भन्नुभयो, ‘अब ध्वङ्स होइन, आर्थिक समृद्धिसँग जोडेर सञ्चारमाध्यमले लेख्नुपर्छ ।’ प्रशिक्षण उद्घाटन सत्रमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रलाई जुम गरेर हेर्न हो भने सबै जनताको हालखबर थाहा पाउन सकिने बताए ।

गोरखापत्र सरकारको मुखपत्र नभई जनताको मुखपत्र भएको उनले बताए ।

गोरखपात्र दैनिका प्रधान सम्पादक श्रीओम् श्रेष्ठले गोरखापत्र ११८ वर्ष पूरा गरेको इतिहासमात्र नभई दक्षिण एसियाकै र जनताको सम्पत्ति भएको बताए । उनले गोरखापत्र राष्ट्रिय सम्पदा भएकोले यसमा सबैको अधिकार छ भने ।

त्यस्तै प्रशिक्षक शरच्चन्द्र वस्तीले ओईलाएको जस्तो देखिएको गोरखापत्रलाई त्यो अवस्थाबाट बाहिर निकाल्न सातै प्रदेशमा अभियानका रुपमा प्रशिक्षण चलाएको बताए । प्रशिक्षण उद्घाटन गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनालले गोरखापत्र निरन्तरतामात्र होइन परिमार्जनसहित आउने बताए । उनले गोरखापत्र ३८ भाषामा प्रकाशित भई रहेको थप समावेशी बनाइने बताए ।

शनिबारसम्म सञ्चाल हुने उक्त प्रशिक्षणमा प्रदेश नं.३ का जिल्लामा कार्यरत समाचारदाता र नेपाल भाषा पृष्ठ संयोजकको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक शौरभ र शरच्चन्द्र वस्तीले सहजीकरण गर्नुहुने छ । गोरखापत्रबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: