Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अदालतले छाडेलगत्तै विप्लवका ३ कार्यकर्ता फेरि पक्राउ

काभ्रे, चैत १५ । नेत्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका तीन नेता–कार्यकर्तालाई अदालतको आदेशबाट रिहा भएलगत्तै फेरि पक्राउ गरिएको छ  । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका इन्द्रबहादुर ठकुरी, बाह्रबिसे नगरपालिकाका रेशम पौड्याल र काभ्रेको भुम्लु गाउँपालिका १ का अजय श्रेष्ठलाई काभ्रे प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत सिन्धुपाल्चोकले ठकुरीलाई २५ हजार र पौड्याल तथा श्रेष्ठलाई ६ ६ हजार धरौटमा रिहा गर्न आदेश दिएको थियो । उनीहरूलाई काभ्रे ल्याइएको छ । ठकुरी र श्रेष्ठ पार्टीको जिल्ला सदस्य हुन् । कोसीपारि रहेको एनसेलको टावर आगजनी गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आगजनी तथा विस्फोटन मुद्दा लगाएर म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खडकाले जानकारी दिए ।

अदालतले ३ जनालाई साधारण तारेख, एकलाई २५ हजार र १३ जनालाई जनही ६ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो । तीमध्ये ११ जना धरौटी बुझाउन नसकेपछि हिरासतमै छन् । साधारण तारेखमा रिहा भएका ३ जना घर फर्किएका छन् भने ३ जनालाई पक्राउ गरी काभ्रे ल्याइएको हो । चन्द समूहका हिंसात्मक गतिविधिमा सरकारले प्रतिबन्ध लगाएपछि प्रहरी प्रशासनले उसका नेता कार्यकर्ताको खोजी तीव्र बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: