Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किन गर्छन् मानिसले गुदामैथुन?

काठमाडौं । हामीले (दम्पती) आपसी सहमतिमा नियमित बिना कण्डम गुदामैथुन गर्दै आएका छौ र विर्य स्खलन पनि मलद्वाराभित्रै हुन्छ । सामान्य स्वास्थ्य स्थितिका बावजुदमा वीर्य मलद्वार भित्र स्खलन गर्दा संक्रमण हुन्छ कि हुँदैन ? उचित जानकारीका साथै सम्भावित संक्रमण तथा सुरक्षाका सम्बन्धमा उल्लेख गरिदिनु हुन विनम्र अनुरोध छ । एल.

यो कुराको जवाफ पाउन सजिलो छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहार कै रुपमा मान्यता पाएको छ । फ्रायडले भने झैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अंगको तुलनामा बढी यौन संवेदनशील हुन्छन् । योनिको बाह्य भाग जस्तै गुदद्वारामा पनि प्रशस्त स्नायु हुन्छन् । अर्को कुरा पोस्टेट अर्थात पौरुष ग्रन्थि गुदानलीको ठीक अगाडितिर हुने भएकाले गुदामैथुन गर्दा अप्रत्यक्ष रुपमा पौरुष ग्रन्थिको घर्षणहुन्छ । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई Anal eroticism भनिन्छ ।

लिंग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई Anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले गर्ने कार्यभन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चता अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रुपमा रोमाञ्चको अनुभव हुन्छ । यो जवाफ डा. भद्राले दिएका हुन् । सामग्री कान्तिपुर साप्ताहिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: