Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खुशीको खबरः शुक्रबार तोलामा फेरि कतिले घट्यो सुनको भाऊ ?

काठमाडौं, चैत १४ । साताको अन्तिम दिन अर्थात शुक्रबारको दिन नेपाली बजारमा सुनको मूल्य फेरि ६ सय रुपैयाँले नै घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार पनि चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार पनि चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि घटेर चाँदी ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: