Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः घेरलु टोली हैदराबादलाई बलिङको निम्तो

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबाद विरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेर ब्याटिङ रोजेको छ ।

खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि हैदाराबादमा शुरु हुँदैछ । राजस्थानमा आजिंक्य रहाणे र हैदाराबादमा केन विलियम्सन कप्तान छन् । पहिलो खेलमा पराजित यी दुई टिम पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिदैं छन् ।

चोटका कारण पहिलो खेल गुमाएका कप्तान विलियमसन आजदेखि खेल फर्किएका छन् । उनी अघिल्लो संस्करणमा पनि कप्तानी सम्हालेका थिए । उनकै नेतृत्वमा हैदराबाद फाइनल पुग्नसमेत सफल भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: