आइपीएलः सञ्जुले प्रहार गरे शतक, हैदराबादले पायो १९९ रनको लक्ष्य

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध राजस्थान रोयल्सले १९९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १८९ रन बनायो ।

उसका लागि सन्जु स्यामसुनले ५५ बलमा शतकीय पारी खेले । त्यसक्रममा उनले ४ छक्का र १० चौकाका साथ १०२ रनमा नट आउट रहे । यस्तै कप्तान अजिंक्य रहाणेले ४९ बलमा ७०, बेन स्टोक्सले नट आउट १६ र जोस बटलरले ५ रन बनाए । बलिङमा रशिद खान र शाहवाज नदिमले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  आइपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन, हेर्नुहोस तस्वीरमा

कमेन्ट गर्नुहोस्