Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सन्दीप चम्किँदा नेपालद्वारा भारतलाई २५२ रनको लक्ष्य

काठमाडौं, चैत १६ । भारतको आन्ध्र प्रदेश क्रिकेट टोली विरुद्धको छैठौं एकदिवसीय खेलमा नेपाललको यू-१९ क्रिकेट टिमले २५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिला ब्याटिङको मौका पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५१ रन बनायो । नेपालका लागि सन्दीप जोराले ६७ बलमा ६९, राशिद खानले ४४, हरिबहादुर चौहान, अविश्यक बसन्तले ३५-३५, रित गौतमले २२, शेर मल्लले नट आउट १७ रन बनाए । बलिङमा भारतका आई.स्माइलल एक्लैले ४ विकेट लिए ।

अप्रिल १२ देखि १८ सम्म मलेसियामा सुरु हुने यू-१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप आन्ध्रसँग अभ्यास खेल खलेको हो । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू १९ विश्वकप खेल्न पाउने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: