Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः सन्दीपसँग दिल्लीको यस्तो ‘र्‍यापिड फायर’

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले आज तेस्रो खेलमा कोलकाता नाइट राइडर्सको सामाना गर्दैछ । यी दुई टिमबीचको खेल फिरोज शाह कोटला रंगशाला दिल्लीमा साँझ ८ः१५ बजेदेखि शुरु हुँदैछ ।

२ खेलमा शानदार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको कोलकातालाई हराउन दिल्ली पूर्ण तयारीका साथ घरेलु मैदानमा उत्रिने छ । हैदराबाद र पन्जाबमाथिको शानदार विजयीले यो पटक कोलकाता आत्मविश्वासले भरिएको छ । उसले हैदाराबादलाई ६ विकेट र पन्जाबलाई २८ रनले पराजित गरेको थियो ।

यी दुबै खेलका नायक थिए वेस्ट इन्डिजका आन्द्रे रसेल । यता, दिल्लीले भने पहिलो खेलमा मुम्बई इन्डियन्ससँग जित निकाल्न सके पनि दोस्रो खेलमा महेन्द्रसिंह धोनीको चेन्नईसँग हारे बेहोरेको थियो । दोस्रो खेलमा पराजित भएको दिल्लीमा आज केही परिर्वतन देख्न पाइने छ । कोलकाताले भने विजयी टोलीलाई नै दोहोर्याउन सक्छ ।

खेलको पूर्वसन्ध्यामा सन्दीपसँग दिल्ली टिमले गरेको ‘र्‍यापिड फायर’ मा निकै रोमाञ्चक कुरा गरेका छन् । उनले फेरि पहिलेको जस्तै गल्लीमा बाल्यकालका साथीसँग क्रिकेट खेल्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन् । यसका साथै उनले सचिन तेन्दुलकरलाई बलिङ गर्ने चाहना रहेको पनि खुलासा गरेका छन् ।

यस्तो छ उनको सो र्‍यापिड फायर प्रश्नाेत्तर :
दिल्ली ?
क्यापिटल्स

नेपाली समर्थक ?
१२ औं खेलाडी

नेपालमा क्रिकेट ?
प्राउड

तीन शब्द जसले सन्दीपको वर्णन गर्छ ?
मेहेनती, इमान्दार र सिम्पल

क्रिकेटर नभएको भए ?
म्यूजिक, गायक

करियरको उत्कृष्ट प्रर्दशन ?
डिभिजन टु, ५-२०, केन्याविरूद्दको खेल

ड्रेसिङ रुममा रमाईलो गर्ने खेलाडी रु
ड्वायन ब्राभो

मनपर्ने स्पिनर ?
पक्कै पनि शेन वार्न

बलिङ गर्न चाहेको ब्याट्सम्यान ?
सचिन तेन्दुलकर

दिल्ली क्यापिटल्स सम्भावित टिमः श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त (विकेटकीपर), शिखर धवन, पृथ्वी शा, राहुल देवटीया, इशान्त शर्मा, अमित मिश्रा, सन्दीप लामिछाने, ट्रेन्ट  बोल्ट, कोलिन मुनरो र क्रिस मोरिश ।

कोलकाता सम्भावित टिमः दिनेश कार्तिक (कप्तान÷किपर), क्रिस लिन, सुनिल नारायण, रविन उथप्पा, नितीश राणा, शुभमान गिल, आन्द्रे रसेल, पियूष चवाला, कुलदीप यादव, लोकी फग्र्यूसन र प्रशिद्ध कृष्णा ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: