Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डिएसपी भाटकाे कमाल, ४ बाेरा चिट कब्जामा, गार्ड नियन्त्रणमा

बाजुरा, चैत १६ । पदस्थापन भएदेखि नै सामाजिक विकृतिविरुद्ध कडारुपमा उत्रिएका बाजुराका डिएसपी उद्धवसिंह  भाटले एसईई परीक्षा मर्यादित बनाउन कडाई गरेका छन् ।

परीक्षा सञ्चालन भएकै दिनदेखि परीक्षा केन्द्रमा शान्ति सेरक्षा बहाल गर्न निर्देशन दिएसँगै उनले नियमित अनुगमन गरिरहेका छन् । अहिले बाजुराकाे परीक्षा वातावरण निकै मर्यादित रहेकाे उनले बताए ।

जिल्लाका विभिन्न परीक्षा केन्द्रकाे अनुगमन गर्ने क्रममा डिएसपी भाटकाे निर्देशनमा चार बाेरा चीट कब्जामा लिईएकाे छ । चिट चोराउने चार जना गार्ड नियन्त्रणमा लिईएका छन् ।

“कसैलाई पनि परीक्षामा चीट चाेराउने छूट छैन ।” भाटले भने, “हामीले कडाईका साथ गलत त्तवहरुलाई नियन्त्रणमा लिन निर्देशन दिएका छाैं ।” भाैगाेलिक विकटताका वावजुद पनि सबै केन्द्रमा सुरिक्षतरुपमा परीक्षा चलिरहेकाे भाटले बताए ।

जिल्ला प्रमुख अधिकाअधिकारी चेतराज बराल , डिएसपी उद्धब सिंह भाट र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख गोपाल दत्त जोशीको टोलीले बाजुरा जिल्लाका १५ वटै परीक्षा केन्द्रहरूमा परीक्षा अनुगमन गरी परीक्षालाइ मर्यादित बनाउन विहानै देखी हरेक केन्द्रमा खट्ने गरेको हाे । बाजुरामा नियमित तर्फ २९४१ जना र ग्रेडबृद्धी परीक्षा नयाँ तर्फ २१० जना र पुरानो तर्फ १२९ जना रहेका छन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: