Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः मुम्बईद्वारा पन्जावलाई १७७ रनको लक्ष्य

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले किंग्स इलाभेन पन्जावलाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १७६ रन बनायो ।

उसका लागि क्विन्टन डी ककले सर्बाधिक ६०, कप्तान रोहित शर्माले ३२, हार्दिक पान्ड्याले ३१, युवराज सिंहले १८, सूर्य कुमारले ११, किरण पोलार्डले ७ रन बनाए । बलिङमा पन्जावका मुर्गन आश्विन, मोहम्मद सामी, हार्दुस भिल्जोइनले दुई–दुई, एन्डु टाय एक विकेट लिए ।

मुम्बईमा रोहित शर्मा र पन्जावमा रविचन्द्रन आश्विन कप्तान छन् । आजको खेलमा पन्जाबले एक खेलाडी मात्र परिर्वतन गरेको छ । उसले बरुण चक्रवर्तीको स्थानमा मुर्गन आश्विनलाई मौका दिइएको छ । यता मुम्बईले भने  टिममा कुनै परिर्वतन गरेको छन् । को–को छन् टिमा?

मुम्बईः रोहित शर्मा, युवराज सिंह, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, कुणाल पाण्ड्या, क्विन्टन डि कक, किरण पोलार्ड, मयंक मर्कन्डे, मिचेल मैक्लनघन, लसिथ मलिंगा र जसप्रित बुमराह ।

पन्जावः रविचन्द्रन आश्विन, क्रिस गेल, लोकेश राहूल, मन्दीप सिंह, डेबिड मिलर, मोहम्मद सामी, हार्दुस भिल्जोइन, सरफराज खान, मयंक अग्रवाल, एन्डु टाय, मुर्गन आश्विन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: