छैटौं खेलमा भारतसँग नेपाल एक विकेटले पराजित

काठमाडौं, चैत १६ । भारतको आन्ध्र प्रदेश क्रिकेट टोली विरुद्धको छैठौं एकदिवसीय खेलमा नेपाल एक विकेटले पराजित भएको छ । नेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि नितीश कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका पवन सरफाले ३, प्रतिश जिसीले २, सूर्य तामाङ, आकाश चन्द र राशिद खानले एक-एक विकेट लिए ।

पहिला ब्याटिङको मौका पाएको नेपालको यू १९ टिमले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २५१ रन बनायो । नेपालका लागि सन्दीप जोराले ६७ बलमा ६९, राशिद खानले ४४, हरिबहादुर चौहान, अविश्यक बसन्तले ३५-३५, रित गौतमले २२, शेर मल्लले नट आउट १७ रन बनाए । बलिङमा भारतका आई.स्माइलल एक्लैले ४ विकेट लिए ।

अप्रिल १२ देखि १८ सम्म मलेसियामा सुरु हुने यू-१९ एसिया विश्वकप छनोट अघि नेपालले तयारी स्वरुप आन्ध्रसँग अभ्यास खेल खलेको हो । ६ खेलको अभ्यास खेल सकिदा नेपालले ४ मा र आन्ध्रले २ खेमला जित निकालेका छन् । ६ राष्ट्रले सहभागिता उक्त प्रतियोगितामा शिर्ष स्थानमा रहने टिमले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप खेल्न पाउने छ ।

कमेन्ट गर्नुहोस्