Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भीमदत्त नगरपालिकाद्वारा हक्की खेलाडीलाई खेल सामाग्री प्रदान

कञ्चनपुर, चैत १६ । भीमदत्त नगरपालिकाले हक्की खेलाडीहरुलाई खेलकूद सामग्री प्रदान गरेको छ । भीमदत्त नगरपालिका कार्यालयमा शनिबार खेलाडीहरुलाई सामग्री प्रदान गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले हक्कीका प्रशिक्षक नर बहादुर चन्दलाई सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा नगर प्रमुख विष्टले खेलाडीलाई सामग्री वितरण सुरुवात भएको उल्लेख गर्दै आगामी दिन हक्कीको प्रवद्र्धन र विकासमा नगरपालिका सधैं तत्पर रहने बताए ।

‘यस वर्ष पोशाक वितरण गरी सुरुवात गरेका छौ, पहिलो वर्ष भएकाले यो ठूलो सहयोग होइन, यसलाई सुरुवातका रुपमा लिई दिन हुन अनुरोध गर्छु’ उनले भने । हक्कीका खेलाडीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश र नेपालको पहिचान गराएकोमा नगर प्रमुरख विष्टले सबैलाई धन्यवाद दिए ।

‘नगरपालिका, प्रदेश र देशको इज्जत बढाउनु भएको छ, यसका लागि भीमदत्त नगरपालिका धन्यवाद ज्ञापन गर्छ,’ उनले भने,‘खेलाडीहरुको हौसला बढाउन सक्दो सहयोग गछौ ।’ नगरपालिकाले चालु आर्थिक वर्षमा खेलाडीहरुका लागि एक लाख बजेट विनियोजन गरेको थियो ।

हक्कीका खेलाडी तथा प्रशिक्षक कान्तुराम पनेरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका सबै खेलमा हक्कीले पदक जितेको बताए । उनले कबर्ड हलमा खेलाडीले अभ्यास गर्दै आएकोले खेल मैदानको सबैभन्दा ठूलो समस्या भएको बताए ।

‘अहिले त्यहाँ अभ्यास गरिरहेका छौ, खेल मैदानको ठूलो समस्या छ’ उनले भने,‘यसका लागि पहल गर्न समेत म नगरपालिकालाई आग्रह गर्छु ।’ कार्यक्रममा भीनपा वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, हक्कीका प्रशिक्षक नर बहादुर चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, होटल व्यवसायी संघका उपाध्यक्ष जगदीशचन्द्र भट्ट लगायतका खेलाडी सहभागी भएका छन् । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिह धामीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: