Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः मुम्बईको दोस्रो हार, पन्जाव ८ विकेटले विजयी

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाव ८ विकेटले विजयी भएको छ ।

मुम्बईले दिएको १७७ रनको लक्ष्य पन्जावले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि लोकेश राहूलले नट आउट ७१, मयंक अग्रवालले ४३, क्रिस गेलले ४२ र डेबिड मिलरले नटआउट १५ रन बनाए । बलिङमा मुम्बईका कुणाल पाण्डेले दुई विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गमाउँदै १७६ रन बनायो । उसका लागि क्विन्टन डी ककले सर्बाधिक ६०, कप्तान रोहित शर्माले ३२, हार्दिक पान्ड्याले ३१, युवराज सिंहले १८, सूर्य कुमारले ११, किरण पोलार्डले ७ रन बनाए । बलिङमा पन्जावका मुर्गन आश्विन, मोहम्मद सामी, हार्दुस भिल्जोइनले दुई–दुई, एन्डु टाय एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: