Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः सन्दीपको टीमलाई लगातार तीन सफलता

काठमाडौँ, चैत १६ । आइपीएलको १२औं संस्करणको १० औं खेलमा दिल्ली क्यापिटल्सलाई सन्दीप लामिछानेले पहिलो सफलता दिलाए लगत्तै दिल्लीलाई एकपछि अर्को गरेर तीन सफलता पनि हात लागेका छन् ।

छैठौं ओभरमा दिल्लीका बलर हर्षल पटेलले आक्रामक ब्याटिङ गरिरहेका रोबिन उथप्पालाई एल्बीडब्ल्यु आउट गरे । यस अघि सन्दीपले  निखिल नाइकलाई ७ रनमा एलबिडब्ल्यु आउट गरिसकेका छन् ।अस अघि निकै महँगा साबित भएका रबाडाले क्रिस लिनलाई क्याच आउट गराए । पुल सट खेल्ने प्रयासमा उनलाई भुवनेश्वर पन्तले क्याच गरेका थिए ।

त्यसको लगत्तै आठौँ ओभरमा हर्षल पटेलले नितिश राणालाईइ रबाडाद्वारा क्याच गराए । आठ ओभरको समाप्तिसम्म कोलकाता नाइट राइडर्सले चार विकेटको क्षतिमा ५३ रन जोडिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: