Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बार्सिलोनासँग स्पान्योल पराजित, मेसीको २ गोल

काठमाडौं, चैत् १७ । स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पान्योललाई पराजित गरेको छ । लियोनल मेस्सीले दोस्रो हाफमा निर्णायक २ गोल गरेपछि बार्सिलोनाले जीत निकाल्न सफल भयो ।

जीतसँगै बार्सिलोनाले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २९ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको एट्लेटिको मड्रिडको ५६ अंक छ ।

स्पान्योलको भने २९ खेलबाट ३४ अंकसहित अंकतालिकाको १४ औं स्थानमा छ । पहिलो खेल गोलरहित बराबरीमा रोके पनि स्पान्योलले नाउ क्याम्पमा बार्सिलोनाको अग्रपंक्तिलाई रोक्न सकेन । मेस्सीले खेलको ७१ औं र ८८ औं मिनेटमा गोल गरेका हुन् ।

योसँगै मेस्सी ले जारी सिजन आफ्नो गोलसंख्या ४० पुर्‍याएका छन् । त्यसमध्ये ३१ गोल ला लिगामा गरेका छन् । मेस्सी ला लिगा इतिहासकै सर्वाधिक गोलकर्तासमेत हुन् । ३१ वर्षीय अर्जेन्टिनी सुपरस्टार मेस्सीले सन् २००९ यता दशौंपल्ट प्रति सिजन कम्तीमा ४० गोल गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: