Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धेरै नेपाली माझ्न जान्दैनन् दाँत, कसरी गर्ने ब्रस? जान्नुहोस्

काठमाडौं, चैत १७ । प्रत्येक सय नेपालीमा ९६ जनाले सही तरिकाले दाँत माझ्न जान्दैनन्। यो तीतो सत्यले देशका नागरिकको ‘मुख–स्वास्थ्य’ को वास्तविक तथा विकराल अवस्था प्रस्ट्याउँछ।

एक अनुसन्धानका अनुसार मुख स्वास्थ्यमा हुने समस्याले मुटु, फोक्सो तथा पेटसम्बन्धी रोग, डिमेन्सिया, स्ट्रोक, गर्भावस्था सम्बन्धी जटिलता, बाँझोपना, इरेक्टाइल डिस्फग्सन, क्यान्सर, मृगौला रोग, अर्थराइटिस, प्रोस्टेट लगायतका ४० भन्दा बढी रोग लाग्ने सम्भावना हुन्छ।हाम्रो मुखमा ६ सयभन्दा बढी प्रकारका ब्याक्टेरिया हुन्छन् । मुख अस्वस्थ हुँदा रगतलगायतका माध्यमबाट ती ब्याक्टेरिया विभिन्न अंगमा पुग्छन् ।

‘अनुपयुक्त मुख स्वास्थ्यले अन्य रोगको जोखिमसमेत बढिरहेको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख डा। प्रकाश बुढाथोकी भन्छन्, ‘सही तरिकाले कसरी दाँत माझ्ने, जिब्रो सफा गर्ने तथा मुखको ख्याल गर्नेमा अधिकांशमा निकै चेतना कम छ।’‘दाँतका ५ भाग भए पनि सबैजसो नेपालीले तीन भाग मात्र सफा गर्छन्,’ ओरल मैक्सिलोफेसियल सर्जन डा। सुवास घिमिरेले भने। उनका अनुसार मुख स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा नेपालीको मुख लगायत मुटु, पेट, फोक्सो, अर्थराइटिस लगायतका रोगमा वृद्धि भएको छ। दाँतका पाँचै भागलाई उपयुक्त ढंगले सफा गर्दा दाँत तथा गिजासम्बन्धी ९५ प्रतिशतभन्दा बढी रोग नलाग्ने उनको भनाइ छ।

दाँत कीराले खाने अधिकांश नेपालीको साझा समस्या हो। ग्रामीण भेगका ५० देखि ५५ प्रतिशत तथा सहरी क्षेत्रका करिब ९० प्रतिशत बालबालिकाका दाँत कीराले खाने देखिएको छ। विसं २०६१ को सर्वेक्षण अनुसार ७५ प्रतिशत वयस्कमा दाँतकीराले खाने समस्या छ।

डेढ दशक अघिको सर्वेक्षणलाई आधार मान्दा उक्त प्रतिशत अझै बढी रहेको विशेषज्ञहरूको भनाइ छ। ‘द ग्लोबल वर्डेन अफ डिजिज स्टडी-२०१६’ का अनुसार विश्वव्यापी रूपमा आधा जनसंख्या दाँत कीराले खाने समस्याले पीडित छन्।

जिब्रो सफा गर्देनन् नेपाली
जिब्रोमा विभिन्न जीवाणुको संक्रमण रोक्न नियमित सफा गर्नु आवश्यक छ । मुख स्वास्थ्यअन्तर्गत महत्त्वपूर्ण मानिने जिब्रोलाई सही तरिकाले सफा नगर्ने नेपालीको संख्या प्रशस्त रहेको डा। बुढाथोकी र घिमिरेको भनाइ छ । जिब्रोमा जम्ने सेतो फोहर दिनहुँ सफा गर्नुपर्छ । चिकित्सकद्वयका अनुसार जिब्रो उपयुक्त ढंगले सफा नगर्दा खानको स्वाद लिनमा समेत समस्या हुन्छ।

जिब्रो दाँत माझ्ने ब्रसको ब्रिस्टनले सफा गर्नुपर्छ। डा। बुढाथोकी भन्छन्, यसले जिब्रोमा घाउ खटिरा आउँदैन, स्वाद पहिचान गर्ने बडसमेत लामो समयसम्म स्वस्थ रहन्छ ।’ उनका अनुसार जिब्रो सफा गर्न घातु वा प्लास्टिकको जिब्री प्रयोग गर्नुहुँदैन।

कसरी ब्रस गर्ने?
ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई तीन–तीन दाँतमा विस्तारै तल–माथि हरेक दाँतमा अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ।

दाँत सफा गर्दा ब्रसलाई तलबाट माथि, तल्लो बंगारामा र माथिबाट तल माथिल्लो बंगारामा चलाउनुपर्छ । यस्तै प्रक्रिया भित्री दाँतमा समेत गर्नुपर्छ।

एउटा दाँतमा तलमाथि गरेर घोट्ने जस्तो गरी ब्रस गर्नु हुँदैन । यही प्रक्रिया सबै दाँतको लागि अपनाउनुस् । यस्तै हरेक दाँतको भित्र सतहलाई समेत विस्तारै विस्तारै सफा गर्नुस्।

दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि पछाडि चलाउनुस् । तर अझै तपाईं दाँतको ५ भागमध्ये ३ भागलाई मात्र सफा गर्नुभयो । बाँकी दुई भाग अर्थात् दुई दाँत बीचको भागलाई सफा गर्न डेन्टल फल्सलगायतका प्रक्रिया अपनाउनुस्।

दाँतको तालुतिरको र जिब्रोतिरको खण्डलाई सफा गर्नलाई ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हलुको मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ।

ब्रस र पेस्ट कस्तो प्रयोग गर्ने
सामान्यतः हामी टुथ ब्रसबारे खासै जानकारी राख्दैनौं । पसलेले दिने ब्रसको गुणस्तर नसोधी त्यसैले दाँत माझ्छौं । बजारमा कडा, मध्यम कडा, नरम, धेरै नरम लगायतका ब्रस पाइए पनि नरम टुथब्रस प्रयोग गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । ‘मध्यम, कडा आदि टुथब्रस उपयोग गर्नु हुँदैन,’ डा। बुढाथोकी भन्छन्, ‘भाँडा सफा गर्न कडा ब्रस चाहिएला, दाँतका लागि होइन ।’

अमेरिकन डेन्टल एसोसिएसनका अनुसार ब्रसको ब्रिसेल नाइलनको हुनुको साथै ‘राउन्ड इन्डेड’ हुनुपर्छ । टुथब्रस मुखको हरेक कुनामा घुमाएर दाँत सफा गर्न सकिने पनि हुनुपर्छ । त्यसका लागि ब्रसको टाउकोसानो हुनुपर्छ।

ब्रसको स्याहार कसरी?
मुखमा कैयौं किटाणु हुन्छन् । दाँतबाट प्लेक र अन्य नरम कणहरू निकाल्दा टुथब्रस ब्याक्टेरिया, रगत, र्‍याल आदिबाट दूषित हुन्छ । यसरी दूषित हुने ब्रसबाट दाँत सफा गरेपछि राम्ररी सफा गर्नुपर्छ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार आँखाले हेर्दा सफा देखिए पनि ब्रसमा रोग उत्पन्न गर्न सक्ने जीवाणु, रहन्छन् । यसैले दाँत सफा गरेपछि टुथब्रसलाई राम्ररी सफा, संक्रमणमुत्त, वा स्टरलाइजेसन आदि गर्न सकिन्छ ।

दाँत सफा गरेपछि टुथ ब्रसलाई कडा घाममा सुकाउनुसमेत स्वच्छताको दृष्टिले उपयोगी मानिने गरिएको छ ।

टुथब्रसलाई सकेसम्म बाथरुमरटोइलेटमा राख्नु हुँदैन । प्लस गर्दा निस्किने पानीको ससाना कण र दिसाको टुक्रा ब्रससम्म पुग्न सक्ने भएकोले टोइलेटमा ब्रस राख्नु स्वास्थ्यको दृष्टिले सुरक्षित उपयुक्त नहुने डा।बुढाथोकी बताउँछन् ।

राम्ररी सफा गरे पनि कीटाणु सार्न सक्ने भएकोले टुथ ब्रस साझा गर्नु हुँदैन । ब्रस गरेपछि हावामा सुक्न दिनुपर्छ । एकभन्दा बढी ब्रस एकै स्थानमा राखिए एकले अर्कोलाई छुन दिनु हुँदैन । ब्रस हरेक ३ देखि ४ महिनामा फेर्नुपर्छ ।

दाँतबीचको भाग सफा गर्नुस्
दाँतको सफाइसँगै जिब्रोको समेत सफाइ नियमित रूपले गर्नुपर्छ । दिनहुँ मात्र दाँतको सफाइ गर्नु मुख स्वास्थ्यका लागि अधुरो मानिन्छ । दाँत सफा गर्दा, पेस्ट वा मन्जन उपयोग गर्नुहुन्छ भने यसको गुणस्तर सुनिश्चित गर्न आवश्यक छ । दैनिक बिहान र राती सुत्ने बेलाफ्लोराइडयुक्त पेस्टले दाँत सफा गर्नुपर्छ ।

त्यसैगरी, दाँतको बीचमा हुने प्लक हटाउन नियमित रूपले डेन्टल फ्लस प्रयोग गर्नुपर्छ । ब्रस आदि गर्दा दाँतबीचको भाग सफा नहुने भएकाले डेन्टल फलस ९बेक्स मिसिएको धागो० प्रयोग गर्नुपर्छ । फ्लस गर्दा गिजा र हाड नछुने गरी दाँतको सतहबाट गर्नुपर्ने डा।बुढाथोकी सुझाव छ । त्यसैगरी, खाना खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ ।

हाम्रो मुखमा हुने ब्याक्टेरिया म्युकस र अन्य तत्त्वसँग मिलेर प्लाक नामक रंगहीन पदार्थ बन्छ । नियमित रूपमा सही तरिकाले दाँत सफा नगर्दा प्लाक जम्मा भई टार्टर बन्छ । सामान्य ब्रसले सफा नहुने टार्टरलाई दन्तरोग विशेषज्ञको सहयोगले हटाउन सकिन्छ । लामो समय सम्म टार्टर जम्मा भएको खण्डमा गिजाको समस्या देखिन्छ ।

औंलाले सफा नगर्नुस्
कतिपय मानिसले तत्काल ब्रस नभएको खण्डमा औंलामा पेस्ट राखेर दाँत सफा गर्छन् । डा। घिमिरे भन्छन्, ‘औंलाले दाँत सफा गर्नु हुँदैन ।’ कत्तिलेगिजाबाट रगत आउँदा वा दुख्दा औंलाले ब्रस गर्ने गरेको जनाउँदै त्यस्तो अवस्थामा चिकित्सकसँग परामर्श लिनुपर्ने घिमिरेको भनाइ छ । याे सामग्री आजको कान्तिपुर दैनिकमा छािपएकाे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: