Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बेवारिसे अवस्थामा शव फेला

पर्वत, चैत १७ । पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको बेवारिसे अवस्थामा शव फेला परेको छ । बडागाउँस्थित कारागार नजिकैको भिरमा शनिबार दिउँसो शव फेला परेको हो ।

शव पूर्ण रूपमा सडेको अवस्थामा रहेकाले महिला वा पुरुष कसको भन्ने बारेमा खुल्न सकेको छैन । शवलाई परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: