Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दुई दिनका लागि पूर्व जाँदै प्रधानमन्त्री, के-के छन् कार्यक्रम?

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन् । दुईदिने झापा–मोरङ बसाइका क्रममा प्रधानमन्त्री ओलीले मोरङको उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनीयरिङ कलेजको उद्घाटन, मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण र प्रतिष्ठानको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम छ ।

उनले दमक नगरपालिका परिसरमा आजै अपराह्न आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिक गोष्ठीको उद्घाटन गर्नुका साथै मदन भण्डारी रङ्गशालासम्बन्धी छलफलमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले राससलाई जानकारी दिए ।

प्रधानमन्त्रीले आजै गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग पनि भेटघाट एवं छलफल गर्नुहुनेछ । त्यस्तै भोलि बिहान उनले दमक रेडक्रस हलमा आयोजना हुने नगर र वडा कमिटीको शपथ तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछन् । भोलि नै प्रधानमन्त्रीले दमकमा निर्माण भएको पशुपक्षी हाटको उद्घाटन गर्ने कार्यक्रम छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: