Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अग्नी पीडितलाई जिल्ला प्रशासनले राहत दिने निर्णय

लमजुङ, चैत १७ । लमजुङको बेंसीसहरमा केही दिनअघि भएको आगालागीमा परेका पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले जनही ५०–५० हजार रुपियाँ राहत दिने निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगालागीबाट क्षति पुगेका ३ परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार चैत १२ गते मध्यरात १२ बजे विद्युत सर्ट भएर लागालागीबाट क्षति पुगेका ३ परिवारलाई राहत दिइने निर्णय भएको हो ।

सर्लाहीको बाग्मती नगरपालिका ५ घर भई हाल बेंसीसहर नगरपालिका ८ भीमसेनस्थानचोकमा घर भाडा लिएर सुस्मिता एण्ड सुमन जिन्स टेलर सञ्चालन गर्दैै आएका उत्तरकुमार परियार, नवलपरासी बर्दघाट नगरपालिका ४ घर भई सोही घरको सटरमा टयाक्सिस कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्दै आउनुभएका रुपेश थापामगरको पसल सबै नष्ट भएको थियो ।

प्रकोप पीडित उद्धार तथा रहत सम्बन्धी मापदण्ड बमोजिम घरधनी होमबहादुर राना साथै व्यवसायी उत्तरकुमार परियार र रुपेश थापामगरलाई जनही ५०–५० हजार रुपैयाँ दिइने निर्णय भएको प्रजिअ ढकालले बताए ।

आगलागीबाट कपडा पसलको करिव ३५ लाख बराबरको क्षति भएको सञ्चालक परियारले बताए । आगालागीबाट परियारको पसलसंगै रहेको कम्प्युटर पसलको ५ करिब लाख रुपियाँ, घरको १० लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बैठकले आगालागी पीडित परिवारलाई सहयोग गर्न समुदायमा अनुरोध गर्ने, राहत संकलन कार्यको समन्वय र संयोजन लमजुङ उद्योग वाणिज्य संघले गर्ने निर्णय भएको छ । यस्तै, गर्मीको समयमा आगलागीका घटनाहरुका कारण हुन सक्ने जनधनको क्षति न्यूनिकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको छ ।

गर्मीको समयमा आगलागीबाट हुन सक्ने क्षति न्यूनिकरणका लागि आगलागी नियन्त्रण र बच्ने उपयाहरुको बारेमा, बिजुलीसंग सम्बन्धीत जोखिमबाट बच्ने उपायको बारेमा जिल्लाका सञ्चारमाध्यमबाट सूचना प्रकाशन तथा प्रशारण गर्न अनुरोध गर्ने निर्णय भएको ढकालले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: