Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

परीक्षामा सहभागी हुन नदिएको भन्दै प्रदर्शनमा उत्रिए नेविसंघका कार्यकर्ता

काठमाडौं, चैत १७ । पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजहरुले भर्ना लिएका विद्यार्थीहरुलाई परीक्षामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियमविपरित भर्ना लिएको तर परीक्षाबाट बञ्चित गराएको भन्दै आइतबार काठमाडौंको मध्य बानेश्वरस्थित एपेक्स कलेज, एसएआईएम कलेज, राजधानी मोडल कलेजलगायतका कलेजमा प्रदर्शन गरिरहेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । विद्यार्थीहरुले चर्को फी असुली गरेर नियम विपरित भर्ना लिने तर परीक्षा दिनबाट बञ्चित गराएको भन्दै ती कलेजहरुमा ‘माफिया’ लेख्ने र तोडफोड समेत गर्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियम विपरित भर्ना लिने तर परीक्षा दिनबाट विद्यार्थीहरुलाई वञ्चित गराउने शैक्षिक दलाल र माफिया विरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठीले बताए ।

त्रिपाठी नेतृत्वको नेविसंघका कार्यकर्ताहरुले ती कलेजहरुमा भर्ना भएका विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था नगरे ती क्याम्पस संचालकलाई कालोमोसो दल्ने लगायतका आन्दोलनका कडा कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न कजेलहरुमा भर्ना भएका ३ सय ९१ जना विद्यार्थीले स्नातक तह तेस्रो वर्षको परीक्षा दिन नपाउने भएपछि त्यसको विरोधमा नेविसंघका विद्यार्थीहरुले प्रदर्शनसहितको आन्दोलन सुरु गरेका हुन । सबैभन्दा महंगो शुल्क लिने तर परीक्षा दिन पाउने काम शैक्षिक माफियाहरुबाट भएको भन्दै क्याम्पस संचालकहरुविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: