Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिर्तामोडमा नयाँ मोडलको इसुजु सिंगल क्याब गाडी बजारमा

झापा, चैत १७ । जापानी ब्रान्डको इसुजुको आधिकारिक विक्रेता एब्सोल्युट मोटर्सले झापाको बिर्तामोडमा नयाँ मोडलको सिंगल क्याब डी म्याक्स गाडीको बिक्री वितरण सुरु गरेको छ ।

एब्सोल्युट मोटर्सको बिर्तामोडमा रहेको शोरुममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले इसुजु सिंगल क्याब गाडी सार्वजनिक गरेका हुन् । अध्यक्ष भट्टराईले स्मार्ट सिटीलाई सहयोग पुग्ने खालका सवारी साधन प्रयोगमा ल्याउन आग्रह गरे ।

जापानको प्रसिद्ध कम्पनी इसुजुले जापानमै इन्जिन उत्पादन र बाँकी सामान थाइल्यान्डमा उत्पादन तथा भारतमा एसेम्बल गरी दक्षिण एसिया क्षेत्रको बजारमा पठाउने गरेको छ । ‘पौरखीको सवारी पूरा गर्छ जिम्मेवारी’ नारा लिएर नेपालको बजारमा आएको यो गाडीमा ३ टनसम्म सामान ओसार–पसार गर्न सकिन्छ । २५ सय सिसी क्षमताको इञ्जिन भएकाले नेपालको पहाडी र कच्ची बाटोका लागि समेत निकै उपयोगी मानिएको छ ।

हाल यसको बजार मूल्य २४ लाख ९० हजार कायम गरिएको एब्सोल्युट मोटर्सका बजार व्यवस्थापक चेतन खतिवडाले जानकारी दिए । क्याबिन आरामदायी जीपको जस्तो र पछाडिको भाग अर्थात् डेक मिनी ट्रकको जस्तो भएकाले सामान ओसारपसारका लागि यो गाडी उपयुक्त मानिएको छ ।

कम्पनीका अनुसार सिंगल क्याब डी म्याक्स डेकको लम्बाइ ८ फिट र चौडाइ साढे ५ फिट छ ।
“कच्ची बाटोमा समेत सामानसहित गुड्न सक्ने भएकाले व्यावसायिक प्रयोजनका लागि यो गाडी निकै उपयुक्त छ,” एब्सोल्युट मोटर्सका बजार व्यवस्थापक खतिवडाले भने, “बिक्रीपछिको सेवाका लागि पनि कम्पनीले विशेष व्यवस्था गरेको छ ।” कारोबारदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: