Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ओखलढुंगा जीप दुर्घटनाः मृतक सबैको सनाखत

ओखलढुंगा, चैत १७ । ओखलढुंगामा भएको जीप दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । दुर्घटनामा ताप्लेजुङको ओलाङचुनगोलाका ५५ वर्षका मिङ्मा शेर्पा, ताप्लेजुङको फत्तालुङका ४५ वर्षका साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षका ङवाङ सेर्तुङ शेर्पा, सोही ठाँउका ३५ वर्षीय नोर्बु शेर्पा, वाङदा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनकाअनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् ।

सोलुखुम्बुको जुनबेशी गुम्बाबाट पुजापाठ गरेर काठमाडौं फर्कदै गरेको बा १६ च २२०७ नम्बरको जीप दुर्घटना भएके हो । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । दुर्घटनामा चालक कृष्ण श्रेष्ठसहित तीन जना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: