पाल्पा बन्दका कारण जनजीवन कष्टकर

पाल्पा, चैत १७ । पत्रकारलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यवसायी रिहा गर्न माग गर्दै पाल्पा उद्योग वाणिज्य संघले आब्हान गरेको बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ ।

बन्दका कारण तानसेनका पसल बन्द छ भने यातायात समेत चलेको छैन । बन्दले एसईई दिने परीक्षार्थी समेत प्रभावित भएका छन । समाचार संकलनका क्रममा शुक्रबार पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य विजय बौडेलमाथि शुक्रबार तानसेन नगरपालिका परिसरमा आक्रमण भएको थियो । आक्रमण गर्ने स्थानीय व्यावसायी बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मीलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  पाल्पामा २१ वटा वडाको नतिजा सार्वजनिक, १३ वटामा कांग्रेस, ७ वटामा एमाले

तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णयको विरुद्ध घर धनीहरुले नगरपालिका कार्यालयमा धर्ना दिने क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि आक्रमण भएको थियो ।

पाल्पा उद्योग वाणिज्य संघले पक्राउ परेका व्यक्ति निर्दोष भएकाले विना शर्त रिहा गर्न माग गर्दै वन्द आह्वान गरेको हो । संघका अध्यक्ष मोहन श्रेष्ठले आफ्ना ब्यापारी साथिहरुलाइ बिना सर्त रिहाइ गर्नुपर्ने बताए । नयाँपत्रिकादैनिकबाट

याे पनि पढ्नुस  पहिले घृणा गर्नेहरुले अहिले सम्मान गर्न थाले

कमेन्ट गर्नुहोस्