बेयरिस्टो र वार्नरको शतक, विराटको टिमले पायो २३२ रनको लक्ष्य

काठमाडौं, चैत १७ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३१ रन बनायो ।

उसका लागि जोनी बेयरिस्टो र डेभिड वार्नरले शतक प्रहार गरे । बेयरिस्टोले ५६ बलमा ११४ रन बनाए । जसमा बेयरिस्टोले ७ छक्का र १२ चौका प्रहार गरेका थिए । यस्तै, वार्नरले ५५ बलमा शतक प्रहार गरे । जसमा उनले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, विजय शंकरले रयूसुफ पठानले ६ रन बनाउँदै नटआउट रहे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: