४ वर्ष अघि ३ मतले चुकेका भट्ट फेरि नेतृत्वको लागि मैदानमा

कञ्चनपुर, चैत १७ । युवा निर्माण व्यवसायी निरञ्जन प्रसाद भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष हुन् । वाइआर कन्स्ट्रक्सन प्रालिका सञ्चालक भट्ट झण्डै दुई दशकदेखि निर्माण क्षेत्रमा सक्रिय छन् । निर्माण व्यवसायीहरुको हकहितका लागि सदस्यबाट संघमा प्रवेश गरेका उनले वरिष्ठ उपाध्यक्षको जिम्मेवारी वहन गरेका छन् ।

१२ औं कार्य समितिको निर्वाचनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । आगामी वैशाख १० र ११ गते हुने संघको १३ औं कार्य समिति निर्वाचनमा उनी संघको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

संघको नेतृत्वका लागि यस अघि २०७१ म उनलाई झिनो मत अन्तरले साथ दिएन । संघका वर्तमान अध्यक्ष गजेन्द्र बहादुर चन्दसित उनी ३ मतले पराजित भए । १२ औं कार्यकालमा उनी वरिष्ठ उपाध्यक्षको उम्मेदवार भए । निर्विरोध रुपमा निर्वाचित भए । १२ औ कार्य समिति निर्वाचनमा पनि अहिलेका अध्यक्ष चन्द निर्वाचित भएका थिए । अहिले चन्द सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।

याे पनि पढ्नुस  नाचसहित बडघरमा टीका थाप्दै कञ्चनपुरका थारु समुदाय

‘संघमा आबद्ध भएदेखि निरन्तर रुपमा निर्माण व्यवसायीहरुको हकहितका लागि लड्दै आएको छु, संघको सदस्य भएर वरिष्ठ उपाध्यक्ष हुँदा समेत संघको प्रगति र व्यवसायीको हकहितलाई सधैं प्राथमिकतामा दिदैं आएको छु’ उनले भने,‘यस पटक सबै व्यवसायीले संघको नेतृत्व दिने आशा बोकेर चुनावी मैदानमा छु ।’

व्यवसायिक हकहित र निर्माण व्यवसायलाई मर्यादित बनाउने चुनावी नारा छन् उनका । निर्माण व्यवसायलाई संघीय संरचना अनुसार पुनःसंरचना गरी कमकमजोरी सुधार्नु पर्ने भट्ट बताउँछन् । ‘देशको संरचना, शासन व्यवस्था र प्रविधिको प्रयोगसंगै निर्माण व्यवसायलाई सुधार गरी लैजानु पर्छ’ उनी भन्छन्,‘पेशा व्यवसाय पनि हिजोको अवस्था अनुसार चल्न सक्दैन, देशको परिवर्तित शासन व्यवस्था अनुसार जानु आवश्यक छ ।’

भीमदत्त नगरपालिका वडा नं. १५ गोबरैयाका भट्टका पुर्खौली निर्माण व्यवसायमा छन् । व्यवस्थापनमा स्नात्तक भट्ट क्याम्पसले जीवनदेखि पुख्र्यौली पेशामा लागेका हुन् । उनका बाजे स्वर्गिय राधाकृण भट्टको पालादेखि भट्ट परिवार निर्माण व्यवसायमा लागेको थियो । भट्टका बुवा टिकाराम भट्टले निरन्तरता दिएका थिए । टिकाराम हाल सामुदायिक स्वास्थ्य इन्स्टिच्युटका अध्यक्ष छन् । बुवापछि निरन्जनले निर्माण व्यवसायलाई निरन्तरता दिएका छन् । भट्टका तीन दाई भाई छन् ।

याे पनि पढ्नुस  ५२ दिनमा २२५ बलात्कार !

‘पुख्र्यौली पेशा व्यवसायबाट प्रेरित भएर यो क्षेत्रमा आएको हुँ’ उनले भने,‘यसलाई निरन्तरता दिएर जानेछु ।’ प्रष्ट वक्ता, मिजसिला, हसमुख र मिलनसार स्वभावका भट्ट निर्माण बाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध छन् । कञ्चनपुरका सहकारी संस्थाहरुमा परिचित उदयबदेब बहुउद्देश्यीय सहकारी संस्थामा उनी कोषाध्यक्ष छन् । गोबरैयास्थि निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष छन् । यसैगरी निङ्गलाशैनी भूतपूर्व विद्यार्थी समाज, रामलिला समिति लगायतका संस्थामा उनी आबद्ध छन् ।

२०७५७ मा निर्माण व्यवसायी संघको सदस्यता लिएका उनी २०६१ म संघको सदस्य भएका थिए । त्यसको चार वर्षपछि तत्कालिन क्षेत्र निर्माण व्यवसायी संघ (हाल सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ) को सचिव भएका थिए । ‘निर्माण व्यवसायीको हकहित र सामाजिक सेवामा लागेको छु’ उनले भने,‘यसलाई निरन्तरता दिएर जानेछु ।’

याे पनि पढ्नुस  मोटरसाइकल आपसमा जुध्दा दुईको मृत्यु

निर्माण क्षेत्र अन्य क्षेत्रभन्दा चुनौतीपूर्ण भए पनि आफूले सहज रुपमा व्यवसाय गर्दै आएको उनी बताउँछन् । व्यवसायिक निष्ठाका कारण उनी गुणस्तरीय निर्माण व्यवसायीका रुपमा विभिन्न क्षेत्रबाट सम्मानित भएका छन् ।
‘ती सम्मानले पेशामा आइ पर्ने सबै चुनौतीलाई बिर्साई दिन्छ’ उनले भने ।

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघ, तत्कालिन जिल्ला विकास समिति, सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय लगायतले व्यवसायी भट्टलाई सम्मान गरेका छन् । ग वर्गका व्यवसायी भट्टले भवन, सडक, पुल लगायतका निर्माण कार्य गरेका छन् ।

निर्माण व्यवसायी संघले निर्वाचन मिति तोकेपछि उनी चुनावी दौडधुपमा छन् । व्यवसायी भेटघाटलाई तीव्र बनाएका उनी निर्माण व्यवसायी संघको नेतृत्व पाउनेमा ढुक्क छन् । ‘मलाई २०७१ मा मौका दिएको हो, केही प्राविधिक कारणले तलमाथि भयो, यस पटक नेतृत्वको मौका दिनेमा ढुक्क छु’ उनी भन्छन् ।

कमेन्ट गर्नुहोस्