Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः विराटको टिम ११८ रनले पराजित, वार्नर–बेयरिस्टोको शतक

काठमाडौं, चैत १६ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार तेस्रो हार बेहोरेको छ ।

आज सनराइजर्स हैदरावादसँग ११८ रनले पराजिदै हुँदै बैंग्लोरले लगातार तेस्रो हार बेहोरेको हो । सनराइजर्सले दिएको २३२ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो । उसका लागि कोलिन डी ग्रेण्डहोमले सर्बाधिक ३७ रन बनाए ।

बलिङमा हैदरावादका मोहम्मद नाबी एक्लैले ४ र सन्दीप शर्माले ३ विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको मौका पाएको हैदरावादले हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३१ रन बनायो ।

उसका लागि जोनी बेयरिस्टो र डेभिड वार्नरले शतक प्रहार गरे । बेयरिस्टोले ५६ बलमा ११४ रन बनाए । जसमा बेयरिस्टोले ७ छक्का र १२ चौका प्रहार गरेका थिए ।

यस्तै, वार्नरले ५५ बलमा शतक प्रहार गरे । जसमा उनले ५ चौका र ५ छक्का प्रहार गरे । यस्तै, विजय शंकरले रयूसुफ पठानले ६ रन बनाउँदै नटआउट रहे । बलिङमा बैंग्लोरका युजवेन्द्र चहलले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: