आइपीएलः धोनीको चेन्नईको लगातार तेस्रो जित, राजस्थानको तेस्रो हार

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा विजयी भएको छ । आइतबार राति राजस्थान रोयल्सलाई ८ रनले हराउँदै चेन्नई लगातार तेस्रो खेलमा पनि विजयी भएको हो । चेन्नईले दिएको १७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  १७ वर्षिय परागले बनाए आइपीएलमा नयाँ कीर्तिमान

उसका लागि बेन स्टोक्सले ४६, राहुल त्रिपाठीले ३९, स्टेभीन स्मीथले २८, जोफ्रा आर्चरले नटआउट २४ रन बनाउनु बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । बलिङमा चेन्नईका दीपक चहर, सार्दुल ठाकुर, इमरान ताहिर र डीजे ब्राबोले दुई-दुई विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो । उसका लागि कप्तान धोनीले ४६ बलमा नट आउट ७५, सुरेश रैनाले ३६, डीजे ब्राबोले २७ रन बनाए । बलिङमा राजस्थानका जोफ्रा आर्चरले २, धवल कुलकर्णी, बेन स्टोक्स र जयदेव उनदकटले एक-एक विकेट लिए । यो जितसँगै चेन्नईले तालिकामा तीन खेलबाट ६ अंक बनाउँद्यै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थान भने तीन खेल सकिँदा जितविहीन छ ।

याे पनि पढ्नुस  आइपीएलमा आज दिल्ली र कोलकोत्ता भिड्दै, सन्दीप खेल्ने सम्भावना छ ?

कमेन्ट गर्नुहोस्