बारा–पर्सामा हावाहुरीः उद्धार र राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । गृह मन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७०० घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए ।

याे पनि पढ्नुस  शिक्षकको कुटाइबाट छात्रको मृत्यु, शिक्षक फरार

सोमबार बिहान एक सूचनामार्फत् मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएकोसमेत उल्लेख गरेका छन् । उनले घटनामा परी मृत्यु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

कमेन्ट गर्नुहोस्