अझै मंगलबारसम्म मेघ गर्जनसहित वर्षा हुने

काठमाडौं, चैत १८ । देशको पूर्वी तथा मध्यभागमा मंगलबारसम्म मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । देशको पहाडी भेगको केही स्थानमा र तराई भेगको एक दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।

त्यसैगरी, हिमाली भूभागको केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै देशको पहाडी भेगको थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भारतको मध्यप्रदेशमा विकसित भएको न्यून चापीय क्षेत्र (लो प्रेसर एरिया) को प्रभावका कारण वायुमण्डलको तल्लो सतहमा जलवाष्पयुक्त हावा सजिलै प्रवेश गर्ने भएकाले नेपालमा अहिलेको मौसमी अवस्थामा परिवर्तन आएको हो ।

कमेन्ट गर्नुहोस्