बारा र पर्सामा भीषण आँधी हुरीः उद्धारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, चैत १८ । बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गरेका छन् । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् ।

आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४ सयजना भन्दा बढी घाइते भएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले मृत्यवरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् ।

उनले उद्धारमा सुरक्षाकर्मीरु परिचालन भैसकेको जनाउँदै सोमबार बिहानबाट उद्धारका लागि हेलिकोप्टर समेत तयारी अवस्थामा राखिएको जनाएका छन् । उनले उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: