बारा–पर्सा हावाहुरीः सभामुख महाराद्वारा दुःख व्यक्त

काठमाडौं, चैत १८ । सभामुख कृष्णबहादुर महराले आइतबार साँझ आएको हावा हुरी, असिना पानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सभामुख महराले भनेका छन्, ‘अकल्पनीय र दुःखद प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति म भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु ।’

सभामुख महराले हावाहुरीबाट प्रभावितलाई कुनै विलम्ब नगरी राहत र उद्धार कार्यलाई प्रभावकारी रुपमा अघि बढाउन सरकार र सरोकारवाला सबै निकायहरुलाई अनुरोधसमेत गरेका छन् ।

उनले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दिर्घकालीनका योजना बनाई व्यवहारिक रुपमै लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: