बारा–पर्सा हुरीः उपराष्ट्रपति पुनद्वारा दुःख व्यक्त

काठमाडौं, चैत १८ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आइतबार साँझ आएको हुरी बतासले बारा, पर्सालगायत जिल्लामा पर्याएको मानवीय एवं भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन्, ‘आइतबार साँझ आएको हावा, हुरी, असिना पानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईको बारा, पर्सा लगायतका जिल्लाहरुमा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित भएको छु । अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमानुभएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुकाे शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’

उपराष्ट्रपति पुनले घाइतेहरुको प्रभावकारी उपचारका लागि सरकार र सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘हावा, हुरीबाट बारा, पर्सा लगायत मध्य तराईका जिल्लाका हजारौँ नागरिक घरबार विहिन हुनु भएको छ । घाइतेहरुको उद्धार, उपचार र पीडितहरुका लागि राहत, पुनस्र्थापना र घर पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिनेमा विश्वस्त छु । सुरक्षित आवास, सुरक्षित भौतिक पूर्वाधार नहुँदा धेरै जनधनको क्षति भएको देखिन्छ । यसलाई विशेष ध्यानमा राख्न संघीय, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्दछु ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: