ठगीको आरोपमा निर्मात्री प्रज्ञा जोशी पक्राउ

काठमाडौं, चैत १८ । नेपाली चलचित्र तथा टेलिचलचित्रका चर्चित कलाकार तथा निर्मात्रप् प्रज्ञा जोशी ठगी गरेको आरोपमा आइतबार इटहरीबा पक्राउ परेकी छन् ।

एक जग्गाको कारोबार गर्दा उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको हो । जोशी पक्राउ परेको पुष्टी इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी समिर चन्द्र खरेलले गरे ।

‘महानगरीय प्रहरी परिसर काठमाडौँले उपस्थिति गराउनु भनेकोले हामीले समातेर काठमाडौ पठाएका हौँ,’ डिएसपी खरेलले भने, ‘किन र केका लागि हो हामीलाई थाहा छैन ।’ उनलाई सोमबार नै काठमाडौ पठाएको उनले जानकारी दिए ।

लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी उनलाई सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् । ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’, ‘नोटबुक’, ‘सम्झना’, ‘सपुत’ लगायतका आधा दर्जनभन्दा बढी चलचित्र निर्माण गरेकी जोशीले थुप्रै फिल्म अभिनय गरेकी छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: