धोनीले बनाए यस्तो रेकर्ड, तोडियो रैना–रोहितको रेकर्ड

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले एक नयाँ रेकर्ड बनाएका छन् । उनले आइपीएलमा सर्बाधिक छक्का प्रहार गर्ने पहिलाे भारतीय खेलाडीको रेकर्ड बनाएका हुन् ।

धोनीले आइतबार राजस्थान रोयल्ससँगको खेलमा ४ छक्का प्रहार गर्दै सर्बाधिक छक्का लगाउने पहिलो भारतीय बनेका हुन् । यसअघि, भारतबाट आइपीएलमा धेरै छक्का प्रहार गर्ने खेलाडीमा सुरेश रैना र रोहित शर्मा थिए । धोनीले आइतबार उनीहरुको रेकर्ड तोड्न सफल भए ।

आइपीएलमा सबैभन्दा छक्का प्रहार गर्ने खेलाडीको शीर्ष स्थानमा भने क्रिस गेल छन् । पन्जावबाट खेलिरहेको गेलले शनिबार ३०० छक्का पूरा गरेका छन् । उनले हालसम्म आइपीएलमा ३०२ छक्का प्रहार गरिसकेका छन् ।

यस्तै, आइपीएलमा धेरै छक्का प्रहार गर्नेको सूचीमा एबी डी विलियर्स दोस्रो नम्बरमा छन् । रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलिरहेका उनले हालसम्म १९२ छक्का प्रहार गरेका छन् ।

डी विलियर्सपछि धेरै छक्का प्रहार गर्नेको सूचीमा धोनी आउँछन् । यस्तै, आइपीएलमा सर्बाधिक छक्का प्रहार गर्ने सूचीमा सुरेश रैना चौंथो, रोहित शर्मा पाँचौ र विराट कोहली छैठौं स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: