मन्त्रीसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगे प्रधानमन्त्री ओली

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रमा पुगेका छन् । गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री ओली आजको सबै निर्धारित कार्यक्रम रद्द गरेर हुरी प्रभावित क्षेत्र पुगेका हुन् ।

नेपाली सेनाको स्काई ट्रकमार्फत प्रधानमन्त्री ओली झापाबाट सिमरा विमानस्थलमा आर्लिएका थिए । प्रधानमन्त्री ओली सिमरा विमानस्थलबाट फेरि सेनाको एम आई १७ हेलिकप्टरबाट प्रभावित क्षेत्र पुगेका हुन् ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सहरी विकास मन्त्री इस्तियाक राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ छन् ।

हुरीका कारण बारा पर्सामा २७ जनाको ज्यान गएको छ भने ४ सयभन्दा बढी घाइते भएका छन् भने बाराको फेटा, पर्सौनी, सुवर्ण गाउँपालिकालगायतका स्थानका अधिकांश घरहरु भत्किएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: