सेती नदीमा बगेर एकजना बेपत्ता

काठमाडौं, चैत १८ । डोटी सेती नदीमा बगेर एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डोटीमा निर्माण भईरहेको सेती हाईड्रो पावरमा काम गर्दै आएका रुकुम स्थायी घर भएका दिपेन्द्र ओली रहेका छन्।

हाईड्रो पावर निर्माणको ठेक्का पाएको रिडाक नेपाल कन्सल्टेन्सीका मिनजंग शाहीले ओली सेती नदीमा खसेर वेपत्ता भएको बताए। उनले अछाम र डोटी जोड्ने सेती नदीको झोलुङ्गे पुल नजिकै नाउ तार्ने क्रममा नदीमा खसेर ओली वेपत्ता भएको जानकारी दिए । ओलीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: