बारा–पर्सा हुरीः कार्यकर्तालाई उद्धारमा खटिन विप्लवले दिए निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं, चैत १८ । आइतबार साँझ बारा र पर्सामा आएको भीषण हुरीबतासबाट हुन गएको धनजनको क्षतिप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले दुःख व्यक्त गरेको छ । पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको र सम्बन्धित घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ उक्त समूहले यो घडीमा मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापनको माग गरिएको छ । हेर्नुस् विज्ञप्ति

कमेन्ट गर्नुहोस्

%d bloggers like this: