घाइतेहरुलाई भेट्न प्रधानमन्त्री ओली कलैया अस्पतालमा

काठमाडौं, चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलार्इ भेट्न बारा पुगेका छन् । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ सहित प्रधानमन्त्री ओली बारा पुगेका हुन् ।

प्रधानमन्त्रीले बाराको कलैया अस्पतालमा उपचाररत घाईतेहरुलाइ भेटि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री प्रधानमन्त्री भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया पुगेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन पनि दिए । प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्