उद्धारमा सहयोगका लागि नेता आचार्यको टोलि राति नै मधेश झरेपछि…. (तस्वीर कथा)

पर्सा, चैत १८ । मधेशमा हावाहुरीले विपत्ति ल्याएको समाचार सुन्नेबित्तिकै साथीभाईलाई फोन गरे आचार्यले । यस्तो विपत्तिमा चुप लागेर बस्न नहुने निष्कर्षमा पुगे उनी । त्यसपछि नेकपा नेता जीवन आचार्यसँगै एक हुल तन्नेरी टोली लाग्यो मधेशतर्फ ।

उता मधेशमा त्राहीमाम मच्चिएको थियो । खासगरी पर्सा र बारा जिल्लाका कतिपय गाउँमा गरीब किसानहरुमा त्रासदी मच्चिएको थियो । नेकपा नेता जीवन आचार्य, दीपेश पुन, प्रकाश रायमाझीलगायत दर्जन बढी युवाहरु यतिखेर प्रभावित क्षेत्रमा खटिएका छन् ।

मानवीय संवेदनामा सहयोगको भावना बोकेर उनीहरुले स्थानीय पीडितहरुलाई उद्धारमा सहयोग गरिरहेका छन् । वाईसिएल नेपालका कार्यकर्ता समेत उद्धारमा जुटेका छन् । ‘जनताको बिचल्लि देखेर हामी सबैको मन पोलेको छ ।’ नेता आचार्यले भने, ‘सकेसम्म पीडामा साथ दिन भनेर आधी रातमा यहाँ आईपुग्यौं । सकेको सहयोग गर्दैछौं ।’ स्थानीय जनताका घर भत्किएको, आत लाग्ने ठाउँ नभएको, के खाने र के ओढ्ने समस्या रहेको उनले बताए । कतिपय मानिसहरु अहिले पनि वेपत्ता रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: