वाइसीयल अध्यक्ष दीपशिखा नेतृत्वको टोली बारामा, प्रभावित क्षेत्रमा उद्दार र राहत वितरण

काठमाडौं, चैत १८ । आइतबार साँझ बारा र पर्सा लगायतका जिल्लामा आएको हावाहुरीबाट पीडितलाई सहयोग गर्न वाइसीइल केन्द्रिय टोली बारा पुगेको छ । घटनाका पीडितलाई उद्दार र राहत दिन वाइसीयल अध्यक्ष दीपशिखाको नेतृत्वमा टिम बारा पुगेको हो ।

दिपशिखाको नेतृत्वमा गएको केन्द्रिय टिम र प्रदेश नं. २ को वाइसीयलको टिमले अतिप्रभावित बाराको पुरैनिया गाउँबाट उद्दारको कामलाई सुरु गरेको वाइसीयल सचिवालले जनाएको छ । घटनामा परेर पुरैनिया गाउँमा १ दर्जनभन्दा बढिको मृत्यु भएको थियो । बाराका पुरैनिया, भरवलिया, विनवलिय र चैनपुर अति प्रभावित क्षेत्र हुन् ।

वाइसियलले पीडितलाई त्रिपाल र खाद्यान्न समेत वितरण गर्ने जनाएको छ । आइतबार साँझ आएको हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु र पाँच सय भन्दा बढी घाइते भएका छन् । घटनामा परेर दर्जनौं परिवार घरबिहिन समेत बनेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: