बाबुको हत्या आरोपमा छोरा पक्राउ

ताप्लेजुङ, चैत १८ । ताप्लेजुङमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको फुङलिङ नगरपालिका ९ हाङदेवका ३२ वर्षीय माहिला छोरा राजेन्द्र गुरुङले गत शनिबार बाबु दलबहादुर गुरुङलाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।

घाइते भएका दलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा उनलाई अस्पतालले विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । दलबहादुरलाई धरान लैजाँदै गर्दा इलामको फिक्कलमा पुगेपछि मृत्यु भएको थियो ।

बाबु दलबहादुरको मृत्यु पश्चात् उनका आफन्तको निवेदनको आधारमा प्रहरीले छोरा राजेन्द्रलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । सोमबार नै जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जय सिंह थापाले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: