आइपीएलः पन्जावले टस जित्यो, सन्दीप आवद्ध दिल्लीलाई ब्याटिङको मौका

काठमाडौं, चैत १८ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि शुरु हुँदैछ ।

दिल्ली–पन्जावले समान हार र जित निकालेका छ । पन्जावले एकमा हार र एक खेलमा जीत निकालेको छ । यता दिल्लीले पनि चेन्नईसँग हार बेहोर्दा मुम्बई र कोलकातामाथि भने जीत निकालेको छ ।

यी दुवै टिमले अन्तिम खेल जितेका थिए । पन्जावले मुम्बईलाई तेस्रो खेलमा पराजित गर्दा दिल्लीले ‘सुपर ओभर’ मा कोलकतालाई हराएको थियो । अंक तालिकामा समान ४ अंक भए पनि दिल्ली चौथो स्थानमा हुँदा पन्जाव पाँचौं नम्बरमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: