आइपीएलः आज पनि चम्किँए सन्दीप, लिए पहिलो आभेरमै विकेट !

इन्डियन प्रिमियर लिग (आइपीएल) मा किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् । उनले पहिलो ओभरको पाँचौ बलमा स्याम करनको विकेट लिन सफल भए ।

सन्दीपले आज आफ्नो पहिलो ओभरमा १० रन खर्चिदै १ विकेट लिइसकेका छन् । उनले कोलकाता विरुद्धको खेलमा पनि विकेट लिन सफल भएका थिए । आज पनि दिल्लीले टस जितेर बलिङ रोजेको छ ।

दिल्ली–पन्जावले समान हार र जीत निकालेका छन् । पन्जावले एकमा हार र एकखेलमा जीत निकालेको छ । यता दिल्लीले पनि चेन्नईसँग हार बेहोर्दा मुम्बई र कोलकातामाथि भने जीत निकालेको छ ।

यी दुवै टिमले अन्तिम खेल जितेका थिए । पन्जावले मुम्बईलाई तेस्रो खेलमा पराजित गर्दा दिल्लीले ‘सुपर ओभर’ मा कोलकतालाई हराएको थियो । अंक तालिकामा समान ४ अंक भए पनि दिल्ली चौथो स्थानमा हुँदा पन्जाव पाँचौं नम्बरमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: