आइपीएलः सन्दीपको शानदार प्रदर्शन, लिए २ विकेट

काठमाडौं, चैत २ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत किंग्स इलाभेन पन्जाव विरुद्धको खेलमा २ विकेट लिन सफल भएका छन् । पहिलो विकेटका रुपमा सन्दीपले स्याम करनलाई २० रनमा आउट गरे ।

उनलाई सन्दीपले एल्बीडब्लू आउट गरे । यस्तै, उनले आफ्नो ३.४ ओभरमा सरफराज खानलाई आउट गरे । सन्दीपले आज ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण २ विकेट लिए ।

दिल्ली–पन्जावले समान हार र जीत निकालेका छन् । पन्जावले एकमा हार र एकखेलमा जीत निकालेको छ । यता दिल्लीले पनि चेन्नईसँग हार बेहोर्दा मुम्बई र कोलकातामाथि भने जीत निकालेको छ ।

यी दुवै टिमले अन्तिम खेल जितेका थिए । पन्जावले मुम्बईलाई तेस्रो खेलमा पराजित गर्दा दिल्लीले ‘सुपर ओभर’ मा कोलकतालाई हराएको थियो । अंक तालिकामा समान ४ अंक भए पनि दिल्ली चौथो स्थानमा हुँदा पन्जाव पाँचौं नम्बरमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: